कोभिड-१९ खोप म्याद नाघेर खेर जान दिदैनौँ, प्रत्येक खोप सदुपयोग गरिनेछ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ- म्याद गुज्रेको खोप वितरण भएको भन्दै अफवाह फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । खोप खेर जान नदिइ सबै खोप सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै मन्त्रालयले कोभिड खोपको म्यादको सम्बन्धमा सचेत रहेको बताएको छ ।
मन्त्रालयकाअनुसार खोपको समय सकिनु अघि सबै प्रयोगमा ल्याइन्छ । म्याद सकिएको अफवाहको पछि नलागी र ढुक्कसँग आफ्नो पालो अनुसार खोप लगाउनलाई मन्त्रालयले आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा कोभिड भाइरस विरुद्धको म्याद सकिएको खोप प्रयोग भइरहेको अफवाह फैलिएको प्रति मन्त्रालयले आपत्तिसमेत जनाएको छ । यद्यपि मन्त्रालयले अहिलेसम्म कोभिडविरुद्धको खोपको समयावधि कति समय हुन्छ भनेर खुलाएको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया