वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको अध्यक्षमा नेपाली निर्वाचित
काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको अध्यक्षमा डा. पदम नेपाली निर्वाचित भएका छन् । सोमबार प्रतिष्ठानमा भएको निर्वाचन समितिका संयोजक डा. मधुर बस्नेतले डा. पदम नेपाली अध्यक्ष भएको घोषणा गरेका हुन् ।
उपाध्यक्षमा डा. बुद्धिनाथ शाह, सचिवमा डा. राकेश वर्मा, कोषाध्यक्षमा डा. सन्तोष धरेल, सहसचिव डा. अनिल तिमिल्सिना, सदस्यहरू डा. आस्था पाठक, डा. अच्युत शर्मा न्यौपाने, डा. उत्सव चापागाई, डा. चन्दन चौधरी, डा. पूजा केसी, डा. पुरन्जन थापा, डा. विकास खड्का र डा. विकास श्रेष्ठ नियुक्त भएका हुन् ।
निर्वाचित अध्यक्ष डा. नेपालीले युनिभर्सल कलेल अफ डेन्टल साईन्सेज भैरहवाबाट २०१४ मा साढे ५ वर्ष दन्त चिकित्सा शास्त्र स्नातक तह गरेका थिए । नेपाल सरकार छात्रवृत्तिबाट दुई वर्ष भरतपुरको सरकारी अस्पतालमा सेव गरेका थिए । २०७३ सालदेखि नेपाल सरकारको स्वस्थ्य सेवा प्रवेश गरेका हुन् ।
दुई वर्ष दुर्गममा काम गर्नुपर्ने नेपाल सरकारको नियम पूरा गरी वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा नाम निकालेर दन्त चिकित्सा प्रोस्थोडोन्टिक्स विभागमा स्नातकोत्तर गर्न आएका थिए ।
विगत १ वर्षदेखि जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको उपाध्यक्ष रहि जुनियर रेसिडेन्ट, विधार्थीको समस्या सुधार र बिरामीले पाउने सेवामा सुधार गर्दै सहज, सुलभ, गुणस्तरीय र प्रवाभाकारी सेवा उपलब्ध गराउन डा. नेपाली लडिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया