स्वास्थ्य

१५ महिना मुनिका बालिकालाई नियमित खोप लगाउनबाट नछुटाउनू: स्वास्थ्य मन्त्रालय

इकागज |
भदौ १६, २०७८ बुधबार १०:४४ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले कोभिड-१९ को महामारीमा १५ महिना मुनिका बालबालिकालाई नियमित खोप नछुटाइकन लगाउन सबैलाई आग्रह गरेको छ । महामारीका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई खोपबाट वञ्चित गरेको भए त्यस्तो नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

नियमित खोप नलगाउँदा दीर्घकालिन विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांग हुने दर बढने पनि मन्त्रालयले प्रस्ट पारेको छ । विभिन्न रोगबाट सुरक्षित रहन नियमित खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ ।



Author

थप समाचार
x