सम्झौता भएको खोप ल्याउन ढिलाई, असोजसम्म एक तिहाई जनसंख्यालाई खोप पुर्याउने लक्ष्य भेट्न मुश्किल
'भारतबाट खोप आयात गर्न निरन्तर संवाद'
तस्बिरः विश्व स्वास्थ्य संगठन नेपाल
काठमाडौँ- नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरू गरेको आठ महिना पुगिसकेको छ । तर, अहिलेसम्म लक्षित जनसंख्याको १६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् । पछिल्लो समय सरकारले खोप लगाउने कार्यलाई तीव्रता दिएसँगै असोजसम्म ३३ प्रतिशत र चैतसम्ममा १८ वर्ष माथिका लक्षित समूहलाईसमेत कोभिडविरुद्धको खोप २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामा लगाउने योजना बनाएको छ ।
माघको दोस्रो सातादेखि नेपालमा खोप लगाउन थालिएको थियो । माघको दोस्रो सातादेखि भारतमा उत्पादित सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन थालिएको थियो । हालसम्म तीन वटा देशबाट उत्पादित खोप मात्र लगाइएको छ । भारत, चीन र अमेरिकाबाट उत्पादित खोप लगाइएको छ ।
अहिले मुलुकमा उपलब्धता भएको खोप संख्या मात्र गणना गर्ने हो भने पनि सात महिनामा लक्षित समूहलाई खोप लगाइसक्ने सम्भावना छैन । हालसम्म लक्षित समूहको ४६ प्रतिशतमा खाेपकाे पहुँच पुगेपनि ५४ लाख २४ हजार आठ सय ३६ जनालाइ दोस्रो डोज खोप लगाउन बाँकी छ ।
तर, असोजसम्ममा ३३ प्रतिशतमा पूर्ण मात्रा खोप लगाउन असम्भवः जस्तै देखिएको छ । अहिले पनि सरकारले खरिद गरेको खोप आयात गर्न सकेको छैन । अहिले पनि खोप कार्यक्रम तीन दिनका लागि तय हुँदासमेत दुई दिन नपुग्दै खोप केन्द्रले खोप सकिएको सूचना सार्वजनिक गर्छ । यहीँअनुसार करिब डेढ महिनामा सरकारको लक्ष्यअनुसार ३३ प्रतिशत खोप लगाइसक्ने कुनै पनि आधार छैन ।
छिमेकी राष्ट्रले अनुदानस्वरुप दिएको र खरिद गरेको खोप समेत आइपुगेमा लक्ष्यअनुसार असोजसम्ममा खोप लगाइनसक्ने खोप महाशाखाका प्रमुख डा. सागर दाहालले बताए । खोप आयात गरेर लगाउने लक्ष्य रहेको दाहालको भनाइ छ । 'सरकारको तर्फबाट खोप उपलब्ध भएसम्म सबैलाई लगाउने लक्ष्य छ,' उनले भने,' मौज्दात भएको सबै खोप प्रदेश र जिल्लामा पठाइसकेको छ ।'
चीनसँग खरिद गरेको खोप असोजको पहिलो सातासम्म आइपुग्ने दाहालले जानकारी दिए । विभिन्न मुलुक र कम्पनीसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ । भारतसँग खरिद गरी ल्याउन बाँकी रहेको खोप आयात गर्न संवाद भइरहेको उनले दाहालले प्रस्ट पारे ।
सरकारले खोप लगाउन कार्यविधि बनाइसकेको छ । जसमा उमेर समूह र फ्रन्टलाइनरका रुपमा काम गर्नेलाई खोप लगाएका छन् । दुई-दुई साताको बीचमा कोभिडविरुद्धको खोप पहिलो र दोस्रो लगाइदिनलाई जिल्लास्थित खोप समन्वय समितिलाई निर्देशन दिइरहेको छ ।
औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी 'स्पुतनिक फाइभ 'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड नाघिसकेको छ । विभिन्न पेशामा रहेका र फ्रन्टलाइनरका रुपमा काम गर्नेसहित ४० वर्षदेखिका मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् ।
हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप आयात भइसकेको छ । चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख २१ लाख खोप आयात गरिएको हो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया