लिम्बुवान,एमाले र राप्रपा कार्यकर्ताद्वारा बीपी प्रतिष्ठानको कार्यालय तोडफोड
काठमाडौँ- नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यालयको तोडफोड गरेका छन् । उनीहरूले उपकुलपतिको कार्यालयमा लगाइएको तीनवटा ढोका तोडफोड गरी सिसासमेत फुटाएका हुन् ।
अस्पतालमा ओपीडी सेवा बन्द गरेको विरोधमा उनीहरूले पहिलेदेखि विरोध गर्दै आइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति २०७८ का सदस्य चिकित्सक डा. अमृत जैशीले बताए । 'प्रतिष्ठानका पदाधिकारीको संरक्षणम रहेका राजनीतिक दलका कार्यकर्ताले अस्पताल तोडफोड गरेका हुन,' उनले भने,' हामीले आएका बिरामीलाई निरन्तर सेवा पनि दिइरहेका छौ ।'
आन्दोलनलाई मत्थर पार्ने उदेश्यले सुनियोजित ढंगले अस्पतालमाथि प्रहार गरेको डा. जैशीको भनाइ छ । अभियानले प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई सरकारले बेवास्ता गरेकाले आइतबारदेखि थप आन्दोलनको घोषणा गरेका छन् ।
अभियानले प्रतिष्ठानमा भएका भ्रष्ट्रचार तथा अनियमितताको विरुद्धमा आवाज उठाउँदै आइरहेको छ । शुद्धिकरण अभियानले प्रतिष्ठानका उच्च पदाधिकारीले गरेको काम कारबाहीलाई लिएर सचेतसमेत गराउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया