धनगढी उपमहानगरमा हालसम्म ६० हजार भन्दा बढीलाई कोभिड-१९ विरुद्धको खोप लगाइयो
फाइल फाेटाे
कैलाली - धनगढी उपमहानगरपालिकाले हालसम्म ६० हजार भन्दा बढीलाई कोभिड-१९ विरुद्धको खोप लगाएको जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले कोभिड-१९ बिरुद्धको पहिलो खोप ६० हजार ७ सय २१ जनाले लगाइसकेको बताए ।
उनले दुबै खोप भने ४५ हजार ३ सय १९ जनाले मात्रै लगाएको बताए । त्यस्तै उपमहानगरपालिकाले नियमित पिसिआर परिक्षण समेत गरिरहेको छ । उपमहानगरपालिकाले हालसम्ममा १६ हजार ५ सय ८० जनाको पिसिआर परिक्षण गरिसकेको जनाएको छ ।
उपमहानगरपालिका परिसरमा बिदाको दिन बाहेक दैनिक बिहान १० बजे देखि १२ बजेसम्म पिसिआर परिक्षणका लागि स्वाब संकलन भैरहेको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । खोपलाई निरन्तरता दिने बताउदै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहदुर वडले कार्तिक मसान्तसम्ममा खोप लाउने उमेर समुहका सम्पुर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको पुर्ण खोप लाइसक्ने बताए ।
धनगढी उपमहानगरपालिका प्रवेश गर्ने गौरिफन्टा नाका, गेटा बिमानस्थल र धनगढी उपमहानगरपालिका परिसरमा छिट्टै नियमित खोपको ब्यबस्था मिलाइमे मेयर वडले बताए । खोपलाई पहिलो प्राथमिकतामा राख्दै खोप भन्डारणका लागि आवस्यक पर्ने उपकरण उपमहानगरपालिकाले खरिद गरिसकेको बताउदै मेयर वडले अपुग सामाग्रीका लागि विभिन्न दातृ निकाय र स्थानीय संघसंस्थाहरूलाई आग्रह गरिसकेको बताए ।
उनले सबैको सहयोग भएका नियमित खोप कार्यलाई निरन्तरता दिन सहज हुने बताए । धनगढी बाहिरबाट मान्छेहरु खोप लगाउनका लागि मात्रै धनगढी आउने वातावरण सृजना गर्न आफूहरू लागि परेको मेयर वडले बताए । 'प्लेन चढेर मानिसहरू खोप लाउन धनगढी आएको यहाँहरुले सुन्न र देख्न पाउनु हुनेछ' मेयर वडले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया