विद्यालयमै उपलब्ध सेनेटरी प्याड
बकैयाः मकवानपुरको बकैया गाउँपालिकाको विद्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन जडान हुने भएको छ । बकैया गाउँपालिका अन्तर्गतको १६ वटा विद्यालयमा प्याड भेन्डिङ मेशिन जडान गर्न लागिएको हो । पहिलो चरणमा ११ माध्यमिक विद्यालयमा मेशिन जडान हुनेछ ।
बकैया गाउँपालिकाले १९ लाख ६० हजार रुपैयाँको लागतमा १७ वटा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन जडान गर्ने भएको गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको छ । भेन्डिङ मेशिनसँगै डिस्पोजल मेशिनसमेत राखिने छ ।
आइतबार बकैया गाउँपालिकाको कार्यालयमा एक सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन जडान गरेर परीक्षण भएको छ । परीक्षण सफल भएसँगै सोमबारदेखि १६ विद्यालयमा मेशिन जडान हुनेछ । विद्यालयको व्यवस्थापनमा भेन्डिङ मेशिन संचालनमा आउनेछ । मेशिनमा २ रुपैयाँको सिक्का हालेपछि एउटा प्याड बाहिर आउनेछ । छात्राहरुले निशुल्क सेवा लिन पाउने जनाइएको छ ।
गाउँपाकिलाले दोस्रो चरणमा बर्थिङ सेन्टर लगायत कार्यालयहरुमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशिन राख्ने योजना बनाएको उपाध्यक्ष बोलखेले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया