नेपालमै कोभिड संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट पुष्टि
फाइल तस्बिर
काठमाडौँ- नेपालमै कोभिड-१९ संक्रमितको जीन सिक्वेन्सिङ परीक्षण गर्दा अल्फा र डेल्टा भेरियन्ट देखिएको छ । त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूना परीक्षण गरिएको थियो । कुल ४२ वटा नमूनाहरूको सिक्वेन्सिङ गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
भदौ र असोजमा ४१ वटा नमूनाहरू संकलन गरिएको थियो । ती सबैमा डेल्टा भेरियन्ट देखिएको थियो । वैशाखमा गरिएको 'एस' जीन नेगेटीभमा अल्फा भेरियन्ट देखिएको हो ।
परीक्षण गर्न त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई प्राविधिक रुपमा वाशिङ्टन विद्यालयले सहयोग गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया