बुधबार देशभर थपिए ११५७ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- बुधबार देशभर ११५७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ८९२ र एन्टीजेन्ट विधिबाट २६५ जनामा कोभिड पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६४ हजार ८४७ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ८ जनाको मृत्यु र हालसम्म ११ हजार १२३ जनाको मृत्यु भइसकेको छ । देशभर हालसम्म सक्रिय संक्रमित १८ हजार १९३ जना छन् ।
आईसीयूमा ३५४ र भेन्टीलेटरमा ९९ जना उपचाररत छन् । होम आईसोलेशनमा १६ हजार ८७८, संस्थागत आईसोलेशनमा १३१५ र क्वारेन्टाइनमा १४४ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया