स्वास्थ्य

‘काठमाडौं उपत्यकामा ७५ प्रतिशतले लगाए कोभिड विरुद्धको खोप’

इकागज |
असोज १३, २०७८ बुधबार २१:५५ बजे

फाइल फाेटाे

काठमाडौँ – काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले लगाएको जनाकारी दिए । उपत्यकामा मंगलबारसम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७ सय ७३ जनसंख्या छ । 

उनका अनुसार काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसंख्याले लगाइसकेको छ । काठमाडौंमा खोप लगाउने लक्षित संख्या १५ लाख ६३ जना थियो । यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८ सय ५१ जना र ललितपुरमा खोप लगाउने लक्षित संख्या तीन लाख ८२ हजार ८ सय ६० जना छ । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र लक्षित सबै जनसंख्यालाई खोप लगाउने जनाएको छ ।



Author

थप समाचार
x