कोभिडका कारण दुई जनाको मृत्यु
फाइल तस्बिर
कैलाली - धनगढीमा कोभिड-१९ का कारण दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुष र वडा नम्बर ५ का ९० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालआ सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
उनले ७५ वर्षीय वृद्धमा असोज १३ गते र ९० वर्षीय वृद्धमा असोज १४ गते कोभिड-१९ संक्रमण पुष्टि भएको बताए । मृतक दुबैजनाले कोभिड विरुद्धको खोप लगाएको बताउदै सुचना अधिकारी श्रेष्ठले ७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको बताए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया