स्वास्थ्य

आइतबार देशभर थपिए ६७९ संक्रमित

इकागज |
असोज १७, २०७८ आइतबार १६:४७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- देशभर ६७९ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १० हजार ९२० जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५७४ र एन्टीजेन्ट विधिबाट १०५ कोभिड परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५  जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भइसकेका छन् ।


७ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १६४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १६ हजार ८०४ जना छन् ।

आईसीयूमा ३३७ र भेन्टीलेटरमा १०४ जना उपचाररत छन् । होम आईसोलेशनमा १५ हजार ५३४ , संस्थागत आईसोलेशनमा १२७०  र क्वारेन्टाइनमा २५२ जना छन् ।

 


Author

थप समाचार
x