जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स सहयोग
काठमाडौँ- जापानले नेपाललाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
जापानले दिएको सबै एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिसबाट सञ्चालन हुनेछन् । उक्त एम्बुलेन्स प्रयोग गर्न फोन नम्बर १०२ सम्पर्क गर्नुपर्नेछ ।
जापान सरकारको सौजन्यमा प्राप्त ६ वटा एम्बुलेन्स नेपालका लागि जापानका महामहिम राजदूत किकुता युताकाबाट प्राप्त भयो । यी सबै एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट संचालन हुनेछ्न् । pic.twitter.com/gd8d8pLeZl
— Umesh Shrestha (@MohpStateMin) October 4, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया