भोलिदेखि ललितपुर महानगरमा १८ वर्षमाथिकालाई खोप लगाइने
फाइल तस्बिर
काठमाडौँ- ललितपुर महानगरपालिकाले भोलिदेखि ( बुधबार) १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २०, २१ र २२ गते महानगरको सबै वडा कार्यालयमा खोप लगाउने महानगरले जनाएको छ ।
खोप केन्द्रमा जाँदा परिचय पत्र खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । पूर्ण खोप अभियान अन्तर्गत १८ वर्षमाथिका सबैलाई खोप लगाउन लागिएको हो । विदेशी नागरिकले समेत खोप लगाउन पाउने छन् । विदेशीले खोप केन्द्रमा जाँदा राष्ट्रियता खुल्ने परिचयपत्र र पासपोर्ट लिएर जानुपर्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया