२०७८ को जनगणनामा मातृ-मृत्यु दरको पनि गणना गरिने
प्रतिकात्मक तस्बिर
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ को जनगणनामा मातृ-मृत्यु दरको समेत गणना गर्न आग्रह गरेको छ । मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा गणना गरी मातृ मृत्युदर कम गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तथ्यांक विश्लेषण गरी प्रतिवेदन प्रकाशन गरिने र प्रतिवेदनको आधारमा मातृ मृत्यु रोकथामका उपाय खोजिने भएको छ । असोज ४ गतेबाट कात्तिक १० गतेसम्म संघीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र भर्वल अटिप्स (मौखिक परीक्षण) गर्ने स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण गरिने भएको हो ।
मातृ मृत्यु भएको घरपरिवार कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गर्नु पर्नेछ । मौखिक परीक्षण कात्तिक २६ गतेदेखि मङ्सिर मसान्तसम्म गरिने मन्त्रालयले उल्लेख गरेको छ ।
गणकहरूले विगत १२ महिनामा मृत्यु भएका १५ देखि ४९ वर्षका महिलाको मृत्यु सूचित फारम भरी स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ । स्वास्थ्यकर्मीले १५ देखि ४९ वर्ष समूहका महिलाको मृत्यु भएका घरमा गई प्रश्न गर्नेछन् । मौखिक प्रश्न गरिएका फारमहरू स्थानीय तहबाट प्रादेशिक ( स्वास्थ्य) कार्यालयहरू मार्फत स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया