स्वास्थ्य

महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

इकागज |
असोज २०, २०७८ बुधबार १८:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुरको खड्काको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल एपीएफ अस्पतालले जनाएको छ ।

निमोनिया भएकाले खड्का १२ गते अस्पताल भर्ना भएका थिए । उनलाई १० गते कोभिड-१९ संक्रमण पुष्‍टि भएको थियो । कोभिड परीक्षण गर्नुभन्दा केही दिन अघिदेखि ज्वरो र खोकी आइरहेको थियो ।


 

 


Author

थप समाचार
x