स्वास्थ्य

कोशी अस्पतालमा १९० बेड थपिदैं, राज्यमन्त्री श्रेष्ठले गरे भवन निर्माणको शिलान्यास

इकागज |
असोज २१, २०७८ बिहीबार १६:४६ बजे

काठमाडौँ– कोशी अस्पताल विराटनगरमा थप १९० बेडको अस्पताल भवनको शिलान्यास भएको छ । ३३ करोड रुपैयाँ लागतमा कोशी अस्पताल परिसरभित्र आकस्मिक उपचार कक्ष, सर्जिकल, कार्डियक, न्यूरो र नेफ्रोलोजीको उपचारका लागि उक्त क्षमताको चार तले भवन निर्माण हुन लागेको हो, जसमा एक तला भूमिस्थ पार्किङ्ग सुविधा हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनकुमार दासले बताए । 

आकस्मिक उपचार कक्ष, सघन उपचार कक्ष र जटिल खालका बिरामीको उपचार हुने यो अस्पताल भवनको आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शिलान्यास गरेका छन् । सोही क्रममा उनले कोशी अस्पतालको निरीक्षण पनि गरेका थिए । 


अस्पताल भवन २०८० साल पुससम्म निर्माण गर्नेगरी ठेकेदारसँग सम्झौता भएको छ । अस्पताल भवन ३३ करोडको लागतमा निर्माण हुने डा. दासले बताए । 
 


Author

थप समाचार
x