स्वास्थ्य

बिहीबार थपिए ८०५ संक्रमित

इकागज |
असोज २१, २०७८ बिहीबार १७:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ८०५ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार ६७२ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६६७ र एन्टीजेन्ट विधिबाट १३८ जनाकाे कोभिड परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७१ हजार २२९ जना संक्रमणमुक्त भइसकेका छन् । यस्‍तै ८ जनाको मृत्यु भएकाे छ । हालसम्म देशभर ११ हजार २०० जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना छन् ।


आईसीयूमा ३२९ र भेन्टीलेटरमा ११२ उपचाररत छन् । होम आईसोलेशनमा १४ हजार ७२८, संस्थागत आईसोलेशनमा १२१४ र क्वारेन्टाइनमा २४२ जना छन् ।


Author

थप समाचार
x