स्वास्थ्य

उपत्यकामा थपिए २९७ संक्रमित

इकागज |
असोज २१, २०७८ बिहीबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा २९७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौँमा २०७, ललितपुरमा ५६ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित २३३९, संक्रमणमुक्त २ लाख ४१ हजार ५३२, मृत्यु २१५६ र कुल संक्रमित २ लाख ४६ हजार २७ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६९२, संक्रमणमुक्त २८ हजार १८८, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार ३०९ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७८५ छन् । यस्‍तै संक्रमणमुक्त ४६ हजार ९९ जना छन् भने अहिलेसम्‍म ६७१ जनाकाे मृत्‍यु भएकाे छ । उपत्‍यकामा कुल संक्रमित स‌‌ख्‍या ४८ हजार ४४५ संक्रमित छन् ।


Author

थप समाचार
x