स्वास्थ्य

५० प्रतिशतले लगाए भेरोसेल खोप : राज्यमन्त्री श्रेष्‍ठ

इकागज |
असोज २१, २०७८ बिहीबार १९:२७ बजे

काठमाडौँ- नेपालीले सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्‍ठले भेरोसेल खोप ५० प्रतिशत बढीले लगाएको बताएका छन् । 'धेरै मानिसले भेरोसेल खोप लगाएकामा खुसी छु,' उनले टवीटरमा लेखेका छन् ।

हालसम्म १ करोड ४४ लाख ३९ हजार २८५ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । पहिलो मात्रा ८० लाख ८ हजार ८५४ र दोस्रो मात्रा ६४ लाख ३० हजार ४३१ जनाले  लगाइसकेका छन् ।


'जसमध्ये ५० प्रतिशत भेरोसेल खोप लगाएका छन,' राज्यमन्त्री श्रेष्‍ठले भने । भेरोसेलको पहिलो मात्रा लगाउनेको संख्या ५२ लाख ४ हजार ३ सय ४८ र दोस्रो मात्रा ३३ लाख ४६ हजार ५३९ जनाले लगाइसकेका छन् ।

अहिलेसम्म चीनबाट अनुदानस्वरुप १८ लाख, रेडक्रसद्वारा १ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । हालसम्म नेपालले चीनबाट १ करोड ३ लाख खोप ल्याइसकेको छ । 

 

 


Author

थप समाचार
x