स्वास्थ्य

उपत्यकामा थपिए ३२२ संक्रमित

इकागज |
असोज २२, २०७८ शुक्रबार १७:८ बजे

सांकेतिक फोटो

काठमाडौँ - उपत्यकामा ३२२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा २२९, ललितपुरमा ६८ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित २२६७, संक्रमणमुक्त २ लाख ४१ हजार ८३१, मृत्यु २१५८ र कुल संक्रमित २ लाख ४६ हजार २५६ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६६१, संक्रमणमुक्त २८ हजार २४४, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार ३३४ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७७६, संक्रमणमुक्त ४७ हजार०७६, मृत्यु ६७१ र कुल संक्रमित ४८ हजार ५२३ संक्रमित छन् ।


Author

थप समाचार
x