नेपालमा ५९१ जना कोभिड संक्रमित थपिए
काठमाडौँ - नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ५४ पीसीआर परीक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परीक्षणका क्रममा ६८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । त्यस्तै कोभिडका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ९३ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ९ सय ३६ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशनमा र २२९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया