स्वास्थ्य

बिहीबार थपिए ५४५ संक्रमित

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १६:४३ बजे

फाइल तस्बिर

काठमाडौँ - देशभर ५४५ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८ हजार ५४९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४७० र एन्टीजेन्ट विधिबाट ७५ कोभिड पुष्‍टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७२६ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भइसकेका छन् । ८ जनाको मृत्यु भएकाे छ । हालसम्म देशभर ११ हजार ३२६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ११ हजार ३१५ जना छन् ।


आईसीयूमा २८८ र भेन्टीलेटरमा ९८ उपचाररत छन् । होम आईसोलेशनमा १० हजार ५३०, संस्थागत आईसोलेशनमा ७८५ र क्वारेन्टाइनमा २२५ जना छन् ।


Author

थप समाचार
x