स्वास्थ्य

उपत्यकामा थपिए २२२ संक्रमित

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा २२२ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १७१, ललितपुरमा ३३ र भक्तपुरमा १८ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित १२७१, संक्रमणमुक्त २ लाख ४५ हजार ५, मृत्यु २१७२ र कुल संक्रमित २ लाख ४८ हजार ४५८ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५६१ , संक्रमणमुक्त २८ हजार ६२८, मृत्यु ४३२ र कुल २९ हजार ६२१ जनामा संक्रमण देखिएको छ ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ६१४, संक्रमणमुक्त ४७ हजार ८५२, मृत्यु ६८२ र कुल संक्रमित ४९ हजार १४८ जनामा संक्रमण देखिएको छ ।

 


Author

थप समाचार
x