दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप
फाइल तस्बिर
सोल - दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरूले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।
सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरूलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा 'कोभिडसँगै जीउन सिकौँ' भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरूले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरूको भनाइ छ ।
दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको हो । सरकारी अधिकारीहरूका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोभिडबाट सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया