स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा दीपेन्द्ररमण सिंह
फाइल तस्बिर
काठमाडौँ- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहले जिम्मेवारी पाएका छन्। डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी इकागजलाई दिए ।
विभागका निमित्त महानिर्देशक डा.आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा. बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ । यसअघि पनि विभागका निर्देशक सिंह नै थिए । उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा सिंह प्रमुख विशेषज्ञका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए ।
बिच्छालाई महानिर्देशक बनाउनलाई प्रधानमन्त्री पत्नी आरजू देउवाले उनको समय थप्न पहल गरेकी थिइन् । ऐनमा समय सकिएको कर्मचारीको म्याद थप्न नमिल्ने उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया