स्वास्थ्य

देशभरको ११ को मृत्यु, थपिए ६६६ संक्रमित

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १६:२० बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर कोभिड-१९ संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३७२ संक्रमितको मृत्यु भइसकेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६६ संक्रमित थपिएका छन् ।

१२ हजार २० जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५६९ र एन्टीजेन्ट विधिबाट ९७ जनामा कोभिड पुष्‍टि भएको हो ।


पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित १० हजार २९६ जना छन् ।

आईसीयूमा २५२ र भेन्टीलेटरमा ८० उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ५१२, संस्थागत आईसोलेशनमा ७८४ र क्वारेन्टाइनमा २१२ जना छन् ।

 


Author

थप समाचार
x