उपत्यकामा थपिए २३५ कोभिड संक्रमित
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा २३५ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबर काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ४१२ जना छन् । काठमाडौँमा १३०१, ललितपुरमा ५५२ र भक्तपुरमा ५५९ जना छन् ।
काठमाडौँमा सक्रिय संक्रमित १३०१, संक्रमणमुक्त २ लाख ४५ हजार ६३९, मृत्यु २१८९ र कुल संक्रमित २ लाख ४९ हजार १२९ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५५९ , संक्रमणमुक्त २८ हजार ६९७, मृत्यु ४३२ र कुल २९ हजार ६८८ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५५२, संक्रमणमुक्त ४८ हजार ५९, मृत्यु ६८३ र कुल संक्रमित ४९ हजार २९४ जनामा संक्रमण देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया