फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने
न्युयोर्क - अमेरिकी विज्ञहरूले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाइजर खोप दिन मिल्ने बताएको हो ।
विज्ञहरूका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ । विज्ञहरूले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन् । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ ।
यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो । अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि दिन थालिएको छ । अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दीर्धरोगीलाई सो खोप दिइने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया