स्वास्थ्य

चीनबाट थप १० लाख खोप नेपाल ल्याइयो

इकागज |
कात्तिक १०, २०७८ बुधबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- मित्र राष्‍ट्र चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज मध्ये पहिलो लटमा १० लाख २० हजार डोज खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ । खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिएको छ ।


 


Author

थप समाचार
x