बिहीबार थप ५ सय ९१ जनामा कोभिड संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौँ – नेपालमा बिहीबार थप ५ सय ९१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ४८ पीसीआर परीक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परीक्षणका क्रममा ६४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको छ । यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ३ सय ८२ जनाले कोभिडका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ६ सय ६४ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १० हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया