स्वास्थ्य

ललितपुर महानगरले आजदेखि ७४ वर्षमाथिकालाई निमोनियाविरुद्धको खोप लगाउने

इकागज |
कात्तिक १४, २०७८ आइतबार १०:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकाले आजदेखि (आइतबार) ज्येष्‍ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणअन्तर्गतको कात्तिक १४ गतेदेखि १७ गतेसम्म ७४ वर्षमाथिकालाई उक्त खोप लगाउने भएको हो ।

महानगरको सबै वडामा निमोनियाविरुद्धको उक्त पिसीभी-१३ खोप लगाउने भएको हो । परिचय खुल्ने प्रमाणपत्रसहित खोप केन्द्रमा जानुपर्ने महानगरले जनाएको छ । त्यसैगरी दोस्रो चरणको खोप ७० देखि ७३ वर्षसम्मका लागि चाँडै लगाइने प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए । उनकाअनुसार वडामा ११ बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्‍चालन हुने भएको छ ।



Author

थप समाचार
x