वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय श्रेष्ठको निधन
काठमाडौँ- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयकुमार श्रेष्ठको निधन भएको छ । उनको शुक्रबार उपचारमा क्रममा नर्भिक अस्पतालमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
डा.श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । संघले विज्ञप्ति जारी वरिष्ठ मुटु रोग विशेषज्ञलाई गुमाउनपरेको बताएको छ । 'नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुर्याउनु भएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य हुनेछ,' विज्ञप्तिमा लेखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया