स्वास्थ्य

अबदेखि विमानस्थलमा कोभिड परीक्षण गरेको १ हजार २ सय शुल्क तिर्नुपर्ने

इकागज |
कात्तिक १५, २०७८ सोमबार १३:५५ बजे

फाइल तस्बिर

काठमाडौं - सरकारले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल परिसरमा कोभिड-१९ परीक्षण गरिदै आएको शुल्क घटाउन निर्देशन दिएको छ । कोभिड परीक्षण शुल्क १ हजार २ सय रुपैयाँ लिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

यसअघि वैदेशिक रोजगारमा जानेहरूले परीक्षण कोभिड परीक्षण गरेबापत २ हजार रुपैयाँ तिर्दै आएका थिए ।  विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूका लागि पिसिआर परीक्षण शुल्क जथाभावी लिएको पाइएमा प्रयोगशालाहरूलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरर्राष्‍ट्रिय विमानस्थल कार्यालयले जनाएको छ  ।


विमानस्थल परिसरमा रहेका पिसिआर परीक्षणका स्थापित प्रयोगशालाहरूले जथाभावी शुल्क लिएको गुनासो आएपछि  विमानस्थल संचालक विभागले आठ वटा प्रयोगशालाहरूलाई पत्राचार गरेको छ ।

स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पिसिआरको १२ सय भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

केही दिनअघि विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले निरीक्षण गरेको थिएन ।सोही क्रममा बढी शुल्क लिएको भन्दै उक्त गुनासो आएको भन्दै विमास्थल संचालक विभागले वीर अस्पतालले एक हजार लिइरहेको भन्दै विमानस्थल परिसरमा भएका  प्रयोगशालाहरूले १२ रुपैयाँ सयभन्दा बढी नलिन सचेत गराएको छ ।

र यो पनिः

स्टार अस्पताल र एयरलाइन्सले युएई जाने यात्रुलाई र्‍यापिड परीक्षणमा लुट्दै

एयरलायन्ससँगको मिलेमतोमा स्टार अस्पतालको 'र्‍यापीड पीसीआर' किन ?

 


Author

थप समाचार
x