'समुदायमा संक्रमण घट्यो, अस्पतालमा 'नन' कोभिडका बिरामीको उपचार गर्नू'
फाइल तस्बिर
काठमाडौं- सरकारले देशभरका अस्पताललाई नन-कोभिडका बिरामीका समेत उपचार गर्न निर्देशन दिएको छ । पछिल्लो समय कोभिड संक्रमित कम भएकाले नन कोभिडका बिरामीहरूको सेवा सञ्चालन गर्न सबै अस्पतालहरूलाई आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित विरामीको उपचार व्यवस्थापन छुट्टै ईकाईमार्फत हुने गरी नन कोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पताललाई पत्राचार गरेको छ ।
समुदाय र अस्पतालमा संक्रमितको संख्या कम भएकाले नन कोभिडको उपचार व्यवस्थापन गर्न प्रबन्ध मिलाउनलाई मन्त्रालयले अनुरोध गरेको छ । सचिवस्तरीय बैठकले नन कोभिडको उपचार व्यवस्थापन गर्नेसमेत गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया