नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता
नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरू बढ्दो अवस्थामा देखिएको बताएका छन् ।
उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।
उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए ।
उनले यहाँका सबै सरकारी अस्पतालहरूमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताए । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया