भारतमा देखिएको जिका भाइरस के हो ?
प्रतिकात्मक तस्बिर
काठमाडौँ- जिका भाइरस विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरस हो । गर्भवती महिलालाई यो भाइरसको संक्रमण भएमा गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुन सक्छ ।
संक्रमण कसरी सर्छ ?
यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ । गर्भवती भएको बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ ।
जिका भाइरस संक्रमणका लक्षणहरू के हुन ?
ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, अत्याधिक जोर्नी दुख्ने ( विशेष गरी र हात खुट्टाको ) र शरीरमा बिबिराहरू देखिने । यी बाहेक संक्रमित हुँदा मांसपेशी, टाउको, पेट वा आँखा दुख्ने र थकान महसुस हुने जस्ता लक्षणहरू पनि देखिन सक्छन् ।
जिका भाइरस संक्रमण रोकथामका उपायहरू के-के हुन् ?
अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन । त्यसैले यसको रोकथामको एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
जिका भाइरसबाट बच्न यी उपायहरू
घरनजिकै पानी जम्न नदिने, सुत्ने बेला झुलको प्रयोग गरौं, सुरक्षित यौन सम्पर्क गरौं, लामो बाहुला भएको कपडा लगाऔं, इन्सेक्ट रेपेलेन्टसको प्रयोग गरौं र भाइरस फैलिएको क्षेत्रमा यात्रा नगरौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया