स्वास्थ्य

नेपाल नर्सिङ संघले भन्‍यो : रात्रिकालीन समयमा खटिने नर्सको भत्ता एक हजार हुनुपर्‍यो

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल नर्सिङ संघले रात्रिकालीन समयमा खटिने नर्सको भत्ता एक हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ । मंगलबार संघका पदाधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बुझाएको ज्ञापन पत्रमा  कम्तीमा एक हजार रुपैयाँ भत्ता हुनुपर्ने उल्लेख छ  ।

विभिन्‍न अस्पताल, स्वास्थ्य संस्थाहरूमा रात्रिकालीन ड्युटी खटिने नर्सहरूको समायावधि धेरै छ । जोखिमपूर्ण काम भएकाले रात्रिकालीन भत्ता वृद्धि गर्न संघले माग गरेको हो ।


रात्रिकालीन भत्ता एक हजार र लुगा भत्ता (बार्षिक) दश हजार हुनेपर्ने माग स्वास्थ्यमन्त्री समक्ष राखिएको संघकी अध्यक्ष मन कुमारी राईले जानकारी दिइन् ।

सरकारी अस्पतालमा नर्सहरूले पाँच सय रुपैयाँ भन्दा कम भत्ता  पाउने गरेका छन् । नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोख्रेलका अनुसार वीर अस्पतालमा रात्रिकालीन समयमा खटिने नर्सले १५० रुपैयाँ र सिभील अस्पतालमा खटिनेले २५० रुपैयाँ पाउने गरेका छन् ।


Author

थप समाचार
x