लोक सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी, कुन पदमा कति?
फाइल तस्बिर
काठमाडौँ- लोकसेवा आयोगले स्वास्थ्य कर्मचारीको माग गरेको छ । आयोगले सूचना जारी गर्दै स्वास्थ्यको विभिन्न पदमा आवेदन खुुल्ला गरेको हो । आयोगले स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो।
स्वास्थ्य सेवातर्फ आठौँ र सातौँ तहका १०० भन्दा बढी पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले आठौँ तहका लागि विभिन्न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो ।
मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा आवेदन खुल्ला गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया