स्वास्थ्य

कार्तिक २५ र २६ गते धनगढी उपमहानगरमा भेरोसेल र कोभिसिल्डको दोस्रो डोज दिइने

इकागज |
कात्तिक २५, २०७८ बिहीबार ११:१३ बजे

कैलाली - धनगढी उपमहानगरपालिकामा कार्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल र कोभिसिल्ड खोप लगाउने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा आज र भोलि कोभिड-१९ विरुद्धको खोप लगाउने बताए ।

१८ वर्ष माथिका पहिलो खोप लगाएका सम्पूर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पूर्ण वडा बासीलाई अनुरोध गरेका छन् । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।



Author

थप समाचार
x