तेह्रथुम अस्पतालमा थपिए डाक्टर
तेह्रथुम - तेह्रथुम जिल्ला अस्पतालमा डाक्टर थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङको निर्देशनमा अस्पतालमा डाक्टर थपिएका हुन् ।अस्पतालमा करार अवधि सकिएका र केही डाक्टर अध्ययन बिदामा रहेकाले बिरामी उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङको निर्देशनमा प्रदेश सरकारमार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् ।
अस्पतालमा यसअघिका केही डाक्टर अध्ययन बिदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहँदै आएको थियो । अस्पतालमा डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरी थपिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुपम घिमिरेले बताए ।
जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडीजीपी डाक्टर व्यवस्था गर्नका लागिसमेत स्वास्थ्य मन्त्रालयका डाइरेक्टरलाई निर्देशन दिइसकिएकोले बढीमा दुई हप्ता भित्र मागअनुसारको जनशक्ति पठाउने स्वास्थ्य राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया