थप २३८ जनामा कोभिड संक्रमण, पाँच जनाको मृत्यु
काठमाडौँ - नेपालमा शनिबार २३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार २९५ पिसिआर परीक्षणका क्रममा २२० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको कूल संख्या ९ लाख १७ हजार ९७९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया