स्वास्थ्य

जापानमा ओमिक्रन भेरियन्टको तेस्रो संक्रमित फेला

इकागज |
मंसिर २१, २०७८ मंगलबार ९:५ बजे

जापान- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको तेस्रो संक्रमित भेटिएको छ । ३० देखि ३९ वर्षबीच रहेका पुरुष इटलीबाट फर्किएका पुरुषलाई ओमिक्रोन भेटिएको हो । टोकियोको हानेदा विमानस्थलबाट बुधबार जापान प्रवेश गरेका ती पुरुषमा विमानस्थलमा संक्रमण परीक्षणका क्रममा ओमिक्रम पत्ता लागेको हो ।

उनले कोरोना भाइरसको दुबै मात्राको खोप लगाइसकेका थिए । स्वास्थ्य मन्त्रालय जापानका अनुसार सोही बिमानमा आएका अन्य सबै ४१ जना यात्रीहरूलाई संक्रमितको निकट सम्पर्कमा आएका व्यक्तिबारेमा जानकारी संकलन गरिएको छ । जापानमा नोभेम्बर ३० मा पहिलो ओमिक्रोन संक्रमित फेला परेका थिए ।


नामिबियाबाट पुरुषलाई पहिलो पल्ट र भोलिपल्ट पेरुबाट आएको पुरुषमा पनि ओमिक्रोनको संक्रमण भेटियो । पहिलो र दोस्रो संक्रमित नारिता विमानस्थलमा आउने बित्तिकै गरिएको परीक्षणको नतिजा सकारात्मक आएको थियो । ओमिक्रनका पहिलो र दोस्रो संक्रमित विदेशी थिए भने तेस्रो संक्रमित जापानी नागरिक रहेको समाचारमा जनाइएको छ । 

ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको हो । कोरोना भाइरसको डेल्टा भेरियन्ट जत्तिकै थप संक्रामक छ कि छैन भन्‍ने पत्ता लगाउन वैज्ञानिकहरू अहिले अनुसन्धान गरिरहेका छन् । सञ्‍चार माध्यममा पनि ओमिक्रन कोरोनाबारेमा बहस, छलफल र तयारीका सामाग्री बढि देखिएका छन् ।


Author

थप समाचार
x