अाेमिक्राेनलाई अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्छ: डब्लूएचओ
न्युयाेर्क - अहिले प्रयाेगमा अाइरहेका खेापहरूले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअाे ) ले जनाएकाे छ । अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्ने देखिएकाे हाे । चलन चल्तिमा अाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया