स्वास्थ्य

देशभर थपिए २३६ संक्रमित

इकागज |
मंसिर २५, २०७८ शनिबार १५:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर २ सय ३६ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार १ सय ७८ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ९४ र एन्टीजेन्ट विधिबाट ४२ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ७  संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार ५ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् । १ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित ५ हजार ८ सय ८३ जना छन् । त्यसैगरी २ लाख ६६ हजार ९ सय ८८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आईसीयूमा १ सय १२ र भेन्टीलेटरमा २७ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ६ सय ६ , संस्थागत आईसोलेशनमा २ सय २७ र क्वारेन्टाइनमा ९८ जना छन् ।


Author

थप समाचार
x