पाठेघरको ट्युब ब्लक हुँदा आइभीएफ अन्तिम विकल्प हो?(भिडियोसहित)
सर्वप्रथम डिएचएल भनेको के हो? डायग्नोष्टिक वा डायग्नोषिस गर्ने भनौ पत्ता लगाउने हिस्टेरो भन्नाले पाठेघरको भित्र त्यसलाई दूरबीनको माध्यमबाट हेर्ने गर्नुपर्छ । डिएचएल डायग्नोष्टिक इन्फर्टिलिटी ल्याप्रोस्कोपी बाँझोपनमा यसको महत्त्व के छ ? यसबारेमा बुझ्न जरुरी छ ।
यो उपचार विधि परिवारमा निसन्तानको समय लामो समयसम्म समस्या देख्यो यसलाई प्रयोग गर्न सकिन्छ । यो किन महत्त्वपूर्ण छ भने उसको डिम्बाबाट अण्डकोष फुटिरहेको छ । श्रीमानको वीर्य पनि राम्रो हुँदा पनि महिला गर्भवती हुन सकेको छैन भने सेवाग्राहीलाई डिएचएलको सेवा उपलब्ध गराउँछौ ।
डिएचल गर्दा सेवा लिन आएकाहरूमा समस्या भएमा धेरै कुराहरु पत्ता लगाउन सकिन्छ । पाठेघरको भ्रुण बस्ने ठाउँ छ कि छैन । पाठेघरको ट्युब बल्क छ छैन साथसाथै पाठेघरको अन्य अंगहरूको अवस्था कस्तो छ त्यो पनि पत्ता लगाउन सकिन्छ ।
हिस्टोरी सेल्फिङग्राफीले पनि पत्ता लगाउन सकिन्छ तर हाम्रो लागि डिएचल नै महत्त्वपूर्ण रहन्छ । हिस्टोरी सेल्फिङग्राफी भन्नाले एउटा 'ड्राइ' पाठेघर भित्र पठाउने गरिन्छ । त्यसबाट ट्युब ब्लक छ कि छैन देखिन्छ । हिस्टोरी सेल्फिङग्राफी भन्दा डिएचल महत्त्वपूर्ण छ । सेल्फीग्राफीले ट्युब ब्लक छ कि छैन त्यसको मात्र पत्ता लगाउन सक्छ । डिएचलले ट्युब खुल्ला छ कि छैन पाठेघरभित्र कस्तो छ ट्युब ब्लक र डिम्बाको सम्बन्ध कस्तो छ त्यो पनि थाहा पाउन सक्छ ।
डायग्नोष्टि ल्याप्रोस्कोपी मात्र गरेर अगाडि बढिदैन । बीचमा केही समस्या देखियो एन्डोमेट्रोसियस, हाइड्रोसेल्भिक्स लगायतका अन्य समस्याहरू देखिएमा तत्कालै उपचार विधि अगाडि बढाउने गर्छौ ।
डायग्नोष्टिक हिस्टोरिकल ल्याप्रोस्कोपी गर्दा कत्रो दुलो बनाइन्छ भने चिरेर गरेको शल्यक्रिया जस्तो दुखाई हुदैन । शल्यक्रिया गृहमा लगेर सामान्य बेहोस बनाएर पाठेघरको भित्री अवस्था हेर्छौ ।
सानो पाँच एमएमको दुलो बनाएर पाठेघरमा वा डिम्बाकोषमा कतै समस्या छ छैन भनी हेर्ने गरिन्छ । ट्युबमा बल्क वा अन्य के समस्या छ त्यसलाई सहजै हेर्न सकिन्छ ।
ट्युब ब्लक छ भने ल्याप्रोस्कोपीको माध्यमबाट त्यसमा लागेको ब्लक खोल्न सकिन्छ । जनमानसमा ट्युब बल्क भएमा आइभीएफ नै गर्नुपर्छ भन्ने छ ?
६० प्रतिशत मानिसको ट्युब ब्लक भएमा हामीले खुलाउन सकिन्छ । ब्लक खुलाएको तीनदेखि छ महिनासम्म नर्मल ट्रिगर गर्न भनी पुनः बच्चाको लागि कोशिश गर्न भन्छौ ।
यदि तीनदेखि छ महिनासम्म पनि पेटमा बच्चा बसेन भने बच्चा पाउनका लागि विभिन्न उपाय अपनाएर उपचार प्रक्रिया अगाडि बढाइन्छ । सन्तान भएन भनेर ट्युब ब्लकका लागि आईभीएफ उपचार गर्नुपर्छ भन्ने धारणा गलत हो ।
ट्युब बल्क हुने कारणहरू एन्डोमेट्रेडोसका कारण पनि हुन सक्छ । इन्फेक्सन भएको छ भने पनि हुन्छ । कतिपय अवस्थामा कुनै पनि कारण नहुँदा पनि आफै बल्क हुने गर्छ ।
युवावस्थामै बाझोपन देखिएको हुन सक्छ । समयमा उपचारको लागि नजाने गरेकाले ३० वर्ष उमेर समूह पुगेपछि उपचारको लागि आउने गर्नुहुन्छ । विवाह भएको एक वर्षपछि आउने गरेको भेटिएको छ । ३० वर्ष माथिका महिलाहरूलाई निसन्तानको उपचार गर्न आउने गरेको पाइएको छ । सुरुमा वहाँहरूमा समस्या थिएन भन्ने होइन । परीक्षणका लागि ढिलो आउनुभयो भन्ने मात्र हो ।
पछिल्लो समय निसन्तानको समस्या बढिरहेको छ । यसका धेरै कारणहरू छन् जस्तैः वातावरण, प्रदुषण, जीवनशैली, मद्यपान र धुम्रपान जस्ता बानीहरूले पनि असर गर्छ । चिन्ता लिने,धेरै गर्मीमा काम गर्ने र ल्यापटपमा धेरै बस्ने पुरुषहरूमा निसन्तान दरको समस्या बढ्दो छ ।
महिलाहरूमा निसन्तान दरको संख्या बढ्नुमा मोटोपना र खानेकुराहरू पनि मुख्य समस्या हो । जंक फुड खानुहुदैन र अर्को महत्त्वपूर्ण कुरा भनेको ढिलो विवाह गर्नु पनि हो । यी कारणले दुवै महिला र पुरुषमा निसन्तानदरको संख्या बढेको छ ।
आइभीएफ गर्ने महिलाको लागि पनि डायग्नोष्टिक हिस्ट्रो ल्याप्रोस्कोपीको किन महत्त्व छ भने पाठेघर राम्रो छ कि त्यसलाई हेर्न सकिन्छ । पाठेघरमा मासु पलाएको छ भने त्यतिखेर उपचार गरि हटाउन सकिन्छ ।
श्रीमान र श्रीमतीको सम्बन्ध एक वर्षसम्म रहदा पनि बच्चा भएन भने किन बच्चा भएन भनेर परीक्षण गर्छौ । सन्तान नहुनुमा महिला र पुरुष दुवैको भूमिका हुने गर्छ । किन यस्तो समस्या हुन्छ त्यसको बारेमा हामी सबै अध्ययन गर्छौ । महिला वा पुरुषमा केही समस्या छैन भने साधारण तरिकाले उपचार प्रक्रिया अगाडि बढाउँछौ । त्यसले भएन भने आइवाई दिएर पनि उपचार गरिन्छ ।
सन्तान उत्पादनका लागि विभिन्न उपाय अपनाइन्छ । महिलालाई औषधि दिएर अल्ट्रासाउण्डबाट अण्डा बढेको छ, छैन हेर्छौ र अण्डा बढेर २० एमएम पुगेको छ भने एरीगरी इन्जेक्सनमार्फत दिन्छौ । पुरुषको वीर्य वास गरेर पाठेघर भित्र पठाइन्छ । गर्भ बस्छ बस्दैन त्यसका लागि पर्खने गर्छौ । त्यसले गर्दा पनि भएन भने आईभीएफमा जाने गर्छौ । आइभीएफ भन्नाले इन्फर्टिलिटाइजेसन भनेर बुझ्नुपर्छ । महिलाको परीक्षण गरेपछि महिलाको अण्डा वृद्धि गर्ने गरिन्छ ।
महिलाको अण्डा र पुरुषको वीर्यलाई बाहिर फर्टीलाइज गरेर तीन दिन पछाडि महिलाको पाठेघरमा हालिन्छ । यसरी गर्दा ६० प्रतिशत सम्म सफल भएको उदाहरणहरू भेटिएको छ । नर्मल ९ देखि १० महिनासम्म बच्चा हुने गर्छ । निसन्तान हुनुमा महिला जिम्मेवार भए जस्तै पुरुष पनि उत्तिकै जिम्मेवार रहन्छन् । अस्पतालमा परीक्षण गर्न जाँदा दुवैजना जानुपर्छ ।
कुराकानीमा आधारित डा. नेहा हुँमागाई मैनाली अल्का अस्पतालमा कार्यरत छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया