स्वास्थ्य

दैनिक ४० जनाको सिटी स्क्यान गर्न सकिने मेसिन जडान

इकागज |
मंसिर २९, २०७८ बुधबार १६:३ बजे

काठमाडौँ - धरानस्थितवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानले अत्याधुनिक प्रविधिको मुटु र मिर्गौलाको सिटी स्क्यान गर्ने नयाँ मेसिन जडान गरेको छ । प्रतिष्‍ठानले मंगलबारदेखि सञ्‍चालनमा आउने गरी २५६ स्लाइस क्षमताको मेसिन जडान गरिसकेको छ ।

प्रतिष्‍ठाननमा रहेको दुई वटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएको थियो । 'एउटा मात्र मेसिन सञ्चालनमा हुँदा बिरामीको उपचारमा समस्या भइरहेको थियो,' प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलले भने,' दुई वटा मेसिन जडान भएपछि बिरामीको उपचारमा सहज हुने आशा गरेका छौ ।'


२५६ क्षमताको स्लाइस उपत्यका बाहिर पहिलोपटक प्रतिष्‍ठानमा जडान गरिएको छ । मेसिनले दैनिक ४० जनाको सिटी स्कयान गर्न सकिने प्रतिष्‌ठानले प्रस्‍ट पारेको छ । नयाँ प्रविधिको भएकाले रेडियोलोजी विभागका प्राविधिकले कर्मचारीलाई तालिम दिइरहेको पोख्रेलले जानकारी दिए ।

उक्त मेसिनबाट द्रुत गतिमा स्कयान गर्न सकिन्छ । अन्य मेसिनको तुलनामा यसले कम मात्रामा विकीरण फाल्‍ने गर्छ । यसको असर पनि कम हुने गरेको प्रतिष्‍ठानले जनाएको छ । सूक्ष्मभन्दा सूक्ष्मसम्मको यसले स्क्‍यायान गर्ने भएकाले र स्क्यान गर्न सक्ने क्षमता गुणस्तरीय रहेको छ । प्रतिष्‍ठानले रोगको निदान गर्न सहयोग पुर्‍याउने विश्‍वास लिएको छ ।

 


Author

थप समाचार
x