स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्र
फाइल तस्बिर
काठमाडौँ- स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.संगीता मिश्रले पाएकी छिन् । बिहीबारबाट मिश्रले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने सचिव डा. रोशन पोख्रेलले ईकागजलाई जानकारी दिए ।
उनलाई यसअघि मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको थियो । उनी यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशक रहेकी थिइन् । पहिलो चरणको कोभिडमा मोरङको कोशी अस्पतालमा मेसुको रुपमा कार्यरत थिइन् ।
मन्त्रालयमा प्रवक्ताको रुपमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया