देशभर थपिए १८४ संक्रमित,२६७ संक्रमणमुक्त
फाइल तस्बिर
काठमाडौँ- पछिल्लो २४ घण्टामा १ सय ८४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार १८ जनाको कोभिड-१९ को परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ सय ६० र एन्टीजेन्ट विधिबाट २४ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ६७ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार ५ सय २६ जना छन् । त्यसैगरी २ लाख ४० हजार ५ सय ६४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा १ सय ११ र भेन्टीलेटरमा २८ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २ सय ४७ , संस्थागत आईसोलेशनमा २ सय ७९ र क्वारेन्टाइनमा ९६ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया