भरतपुर अस्पतालले डायलासिस गर्न आउने बिरामीको रजिष्ट्रेसन र परीक्षण निशुल्क गर्ने
फाइल तस्बिर
काठमाडौँ- भरतपुर अस्पतालले मिर्गौला डायलासिस गर्न आउने बिरामीको रजिष्ट्रेसन र परीक्षण निशुल्क गर्ने भएको छ । विपन्न बिरामीहरूको डायलासिस गर्दा मधुमेह, सी.क्रिटीनाइन,सिबीसी र सोडियम पोटासियम निशुल्क गर्ने अस्पताल विकास समितिको बैठकले निर्णय गरेको हो ।
त्यसैगरी अबदेखि अस्पतालमा डायलासिस गर्न आउने सेवाग्राहीले लामो समयसम्म कुर्ने झन्झट हटेको छ । अस्पतालमा १२ डायलासिस मेसिन पुगेको छ । यसअघि अस्पतालमा ९ रहेकोमा थप ३ वटा जडान गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया